ad ad

राजनीति


सूर्यबाट उठेका कमल थापाको चुनाव खर्च साढे १५ लाख रुपैयाँ

सूर्यबाट उठेका कमल थापाको चुनाव खर्च साढे १५ लाख रुपैयाँ

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १२:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मंसिरको प्रतिनिधिसभा निर्वाचनमा १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेका छन्। 

उनले उक्त विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। 

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाका अनुसार सवारीसाधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारका लागि छापा एवम् विद्युतीय माध्यममा २ लाख ५९ हजार ४४० खर्च भएको उल्लेख छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .