ad ad

राजनीति


बारा २ को मत गणना ‘लाइभ’ गर्न डा. सीके राउतको माग

बारा २ को मत गणना ‘लाइभ’ गर्न डा. सीके राउतको माग

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १२:८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ को मत गणनाको ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्नुपर्ने माग राखेका छन्।

उनले गत मंसिर ४ को चुनावमा मत गणनाका क्रममा सप्तरी–२ मा भएको दंगा स्मरण गर्दै अहिले बारा–२ मा मत गन्दा त्यसको ‘लाइभ’ गरिनुपर्ने माग राखेका हुन्। यो खबर लेख्दासम्म त्यहाँ मत गणना सुरु भएको छैन। 

अध्यक्ष राउतले बारा–२ मा पर्ने सुवर्ण गाउँपालिकाका ४ वटा मतपेटिकाको सिल टुटेको अवस्थामा फेला परेको दाबी पनि गरेका छन्। 

‘बारा–२ को मतगणना स्थलको लाइभ हुनुपर्छ। सप्तरी–२ मा हामीले भोगिसकेका छौँ, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मच्चाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै’, उनले ट्विटरमा लेखेका छन्, ‘बारा–२ मा सुवर्ण गापाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ।’

बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .