ad ad

राजनीति


विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ

विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ

नेपालखबर
पुस २३, २०७६ बुधबार ३:३३,

जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ।

अशोका काठमाडौँबाट पक्राउ परेका हुन्। ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिए।

नुवाकोटको विदुर नगरपालिका–२ नुवाकोटडाडाँ, १० को गेर्खु, बेलकोटगढी नगरपालिका– ४ पेटारेपाखामा रहेको एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिका– १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .