राजनीति


चितवन २ : भोलि बिहान पुन: बस्नेगरी सर्वदलीय बैठक स्थगित

चितवन २ : भोलि बिहान पुन: बस्नेगरी सर्वदलीय बैठक स्थगित

नेपालखबर
बैशाख १०, २०८० आइतबार २२:२९, काठमाडौँ

चितवन २ को सर्वदलीय बैठक स्थगित भएको छ।

भोलि बिहान पुन: बस्नेगरी बैठक स्थगित भएको हो। बैठक स्थगित भएसँगै आज चितवन २ को मतगणना नहुने भएको छ।

रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली काङ्ग्रेसको उम्मेदवारको अडानले आज सर्वदलीय बैठक ‍नबसेको एमाले चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले नेपालखबरलाई जानकारी दिए।

'रविजीको विरुद्ध उजुरि परेको छ, त्यो समाधान नभइ मतगणना नगर्ने सबै उम्मेदवारबीच समझदारी बन्यो,' न्यौपानेले नेपालखबरसंग भने, ' उजुरीबारे निर्णय गर्न केही समय लाग्छ। भोलि मात्र मतगणना सुरु हुन्छ।'

सर्वदलीय बैठक बसेपछि मतगणनाको तयारी हुनेछ।

कांग्रेसले बैठकअगाडि नै निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad