राजनीति


मतदान सकिएपछि रवि : हरेक मुस्किलसँग लड्ने साहस मिल्यो

मतदान सकिएपछि रवि : हरेक मुस्किलसँग लड्ने साहस मिल्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार १९:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनपछि मतदातालाई धन्यवाद दिएका छन्। 

उनले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्र बलियो बनाइदिएको पनि बताएका छन्।

'आफ्नो मताधिकार प्रयोग गरेर  लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौ', उनले भने, 'हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, आमसंचारकर्मी र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।'

उनले निर्वाचनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नेपाल र बाहिरका शुभेच्छुकलाई पनि धन्यवाद दिएका छन्। 

'हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .