राजनीति


निर्वाचन शान्तिपूर्ण सकिएपछि देउवाले दिए धन्यवाद

निर्वाचन शान्तिपूर्ण सकिएपछि देउवाले दिए धन्यवाद

नेपालखबर
बैशाख १०, २०८० आइतबार १९:५७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्। 

आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा देउवाले सबैलाई धन्यवाद दिएको जनाएका छन्।

‘प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको छ’ उनले भनेका छन्, ‘मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ।

यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने उनले विश्वास लिएका छन्। 

उपनिर्वाचन भएका तीन वटै क्षेत्रहरुमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा देउवाले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायसहित राजनीतिक दल, संचारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति समेत आभार व्यक्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad