ad ad

राजनीति


तीन क्षेत्रमा उपनिर्वाचन : करिब ६० प्रतिशत मत खस्यो

तीन क्षेत्रमा उपनिर्वाचन : करिब ६० प्रतिशत मत खस्यो

उपनिर्वाचनका क्रममा मतदान गर्दै बारा २ का मतदाता। तस्बिर : रासस


नेपालखबर
बैशाख १०, २०८० आइतबार १८:३१, काठमाडौँ

आइतवार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। 

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा आउने क्रम जारी छ।

प्रारम्भिक विवरणअनुसार समग्रमा करिब ५९ दशमलव ६६ प्रतिशत मतदान भएको छ। 

जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६१, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६० र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५२ प्रतिशत मतदान भएको छ।

मतदान भएका सबै मतदानस्थलबाट आइतवार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं. २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं.१ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी मिलाइको छ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई दुई दिनभित्र परिणाम सार्वजनिक गरिने छ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .