ad ad

राजनीति


देवघाटको मतपत्र पुगेपछि तनहुँ १ को मतगणना सुरु गरिने

देवघाटको मतपत्र पुगेपछि तनहुँ १ को मतगणना सुरु गरिने

नेपालखबर
बैशाख १०, २०८० आइतबार १८:२९, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ को मतगणना आजै साँझबाट सुरु गर्ने तयारी थालिएको छ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालका अनुसार चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको छ।

तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उनले बताए। त्यहाँबाट मतपत्र आउनासाथ सर्वदलीय बैठक बसी गणनाको काम थालिने जानकारी उनले दिए।

मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुनेछ।  

यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको छ। यो कुल मतदाताको ५१ प्रतिशत हो। यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .