राजनीति


मतपत्र च्यात्न नदिन चितवन २ को मतगणनास्थलमा फलामे तारबार

मतपत्र च्यात्न नदिन चितवन २ को मतगणनास्थलमा फलामे तारबार

मतगणनास्थलमा तारबार


नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:२०, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ को मतगणनाका लागि तयारी थालिएको छ। उपनिर्वाचनका क्रममा आइतवार मतदान सकिएपछि मत गन्ने तयारीस्वरुप गणनास्थलमा फलामे बारले घेरिएको छ। 

२०७४ को स्थानीय निर्वाचनमा मतपत्र च्यातिएपछि देशभरका मतगणनास्थलमा ताराबारले घेर्ने क्रम सुरु भएको हो। त्यहीक्रममा यस पटक पनि निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा ताराबार गरिसकेको छ। 

चितवन २ को मतगणनाका लागि भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा हुँदैछ।

मतगणनास्थलमा सीसी क्यामरा जोडिएको छ भने फलामे तारबार पनि गरिएको छ। 

चितवन २ मा सबै ठाउँमा ५ बजे मतदान सकिएको छ। तर भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा ४ घण्टाभन्दा धेरै मतदान रोकिएको थियो।

त्यहाँ अझै केही घण्टा मतदान हुनेछ। त्यसपछि मतपत्र संकलन थालिनेछ। सबै केन्द्रबाट मतपेटिका आएपछि मतगणना सुरू गरिँदैछ। 

यो क्षेत्रमा चितवनको इच्छाकामना र कालिका नगरपालिकाको विकट पहाडी क्षेत्र छ। त्यहाँको मतपेटिका भरतपुर ल्याइपुर्‍याउन रातिसम्म लाग्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .