ad ad

राजनीति


प्रहरीको घेराबन्दीमा सीके राउत, भन्छन् : अनुमति लिएर हिँड्दा पनि रोकियो

प्रहरीको घेराबन्दीमा सीके राउत, भन्छन् : अनुमति लिएर हिँड्दा पनि रोकियो

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:४३, बारा

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत 'सीके' ले बुथ कब्जा गरिएको आरोप लगाएको केही घण्टा नबित्दै आफूलाई प्रहरीले घेराबन्दीमा राखेको दाबी गरेका छन्।

बारा क्षेत्र नम्बर २ मा जारी मतदानका क्रममा बुथ अनुगमनका लागि पुगेको समयमा प्रहरीले आफूलाई घेरेर राखेको आरोप उनले लगाएका हुन्। 

पचरौता नगरपालिका वडा ७ बेलौनीमा प्रहरीले उनलाई सोधपुछका लागि रोकेको थियो

‘प्रहरीको मिलोमतोमा गुण्डाराज चलिरहेको छ,  दिनदहाडै मान्छे मार्छुभन्दा प्रहरीले केही गरेको छैन', उनले भने, 'मुख्यमन्त्रीदेखि मन्त्रीहरु खुलेआम हिँडिरहेका छन् तर मलाई घेराबन्दीमा राखिएको छ।’ 

आफू अनुगमनका लागि पुग्दा जान नदिइएको उनले बताए। 'मलाई खेतको बीचमै रोकेर राख्न खोजिएको छ,’ राउतले भने। 

आफू अनुमति लिएरै निर्वाचन क्षेत्रमा गए पनि प्रहरीले निर्वाचन आयोगलाई फेरि अनुमति माग्न लगाएको गुनासो उनले गरे।

निर्वाचनको समयमा राउतले जत्था लिएर हिँडेकाले सोधपुछ गरेको प्रहरी प्रशासनले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि त्यस क्षेत्रमा खटिएका डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार भिड लिएर हिँडेकोले केही समय सोधपुछ गरिएको स्पष्ट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .