ad ad

राजनीति


विचार मिल्ने कम्युनिस्ट पार्टीबीच छिटै समाजवादी मोर्चा बनाउँछौं : माधव नेपाल

विचार मिल्ने कम्युनिस्ट पार्टीबीच छिटै समाजवादी मोर्चा बनाउँछौं : माधव नेपाल

नेपालखबर
बैशाख १०, २०८० आइतबार १५:२८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन्। 

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने पनि बताए।

‘यो सानोसानो पसल थापेर अनि शक्ति विभाजित गरेर त्यसको फाईदा दक्षिणपन्थी शक्तिहरूले उठाउँछन। यो दक्षिणपन्थी शक्तिहरुले फाइदा नउठाउन भन्नका लागि सबै कम्युनिष्ट पार्टीहरू एकठाउँमा उभिन सक्यो भने एउटै शक्तिको रुपमा उभिन सक्यो भने,’ नेपालले भने, ‘यी पाँच वटा औंलाहरु मुठीको रुपमा आउन सक्ने हो भने यो देशको राजनीतिमा, देशको परिवर्तनको अभियानमा अपरिहार्य रुपमा नेतृत्वदायी भूमिकामा उभिन सक्दछ।’ 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले  विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आग्रह गर्नु भयो । सो अवसरमा उहाँले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना बाम राजनीतिक शक्तिहरुलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढन पनि आह्वान गरे।

‘जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका पनि छन्। विश्वास गरेका पनि छन्। पत्याएका पनि छन्। त्यही पत्याएका कारणले हामीले पटक पटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका छौं,’ नेपालले भने, ‘मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुलाई अनुशरण गरेर अघि बढनुपर्ने प्रण गर्नु पर्दछ। जनताले हामीलाई पत्याएका पनि हुन। २०७४ सालको चुनावमा हामीलाई अवसर दिएका पनि हुन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको काम छिटो हामी गरौं भनेर बारम्बार ताकेता गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .