ad ad

राजनीति


कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छ : झलनाथ खनाल

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छ : झलनाथ खनाल

फाइल तस्वीर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १५:२८, काठमाडौँ

नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने दाबी गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिए।

उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए। सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए।

उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ। मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन। मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ। म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु।’

उनले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताए।

उनले भने, ‘मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ। म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ। राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन। नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्छ।’

पूर्वप्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .