ad ad

समाज


उपनिर्वाचन : मुख्य राजमार्गमा सुरक्षाकर्मीले स्कर्टिङ गरेर सवारी चलाउने

उपनिर्वाचन : मुख्य राजमार्गमा सुरक्षाकर्मीले स्कर्टिङ गरेर सवारी चलाउने

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १५:३८, काठमाडौँ

आगामी आइतबार (वैशाख १०) हुने उपनिर्वाचनका दिन मुख्य राजमार्ग क्षेत्रमा सरकारले स्कर्टिङ गरेर सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने भएको छ।

बारा क्षेत्र नम्बर २,  चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मुख्य राजमार्ग क्षेत्रअन्तर्गत पर्छन्। यस्तोमा देशको मुख्य स्थलमार्ग प्रभावित हुन नदिन स्कर्टिङ गरेर सवारी चलाउन लागिएको हो।

त्यहीअनुसार चितवन प्रशासनले मुख्य राष्ट्रिय राजमार्गमा सवारी साधनलाई समूह बनाएर आवातजावत गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।

 पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीलाई उपनिर्वाचनको दिन केही समयको अन्तरालमा सुरक्षा निगरानीसहित समूहमा स्कर्टिङ गरेर आवतजावत व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। 

त्यस्तै, नारायणी पुलमा पर्नसक्ने सवारी जामको असरलाई न्यूनीकरण गर्न नवलपरासीस्थित गैंडाकोटको उपयुक्त स्थानमा सवारी साधन चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ। 

‘नारायणी पुलमा पर्न सक्ने सवारी जामको असरलाई न्यूनीकरण गर्न छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लाई गैंडाकोटको उपयुक्त स्थानमा सवारी साधनको चेकजाँच गरी लामो दूरीमा चल्ने सवारी साधन यकिन गरी समुहमा मात्र सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाउने व्यवस्था मिलाउने,’ जिप्रका चितवबाट जारी सूचनामा भनिएको छ, ‘यस जिल्लासँग सिमा जोडिएका सम्पूर्ण जिल्लाहरुले यस जिल्ला हुँदै अन्यत्र गन्तव्य भएका सवारी साधनको जिल्लाको सीमाक्षेत्रमा विषेश चेकजाँच गर्न व्यवस्था मिलाउने।’

बिरामी बोकेको एम्बलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, शव बाहन, फोहोरमैला बोक्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चढेको सवारी साधन र सूचना तथा प्रसार विभागबाट जारी प्रेस पास भएको पत्रकार सवार सवारी साधनमा रोक लागाइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .