राजनीति


अहिलेको राष्ट्रपतिले रोक्नुहुन्न, नागरिकता समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

अहिलेको राष्ट्रपतिले रोक्नुहुन्न, नागरिकता समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १६:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको चुनावी सभालाई सम्बोधन गर्न बिहीबार बारा पुगेका उनले अघिल्लो राष्ट्रपतिले जस्तो अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकमा अड्चन नल्याउने दाबी गरे।

उनले सदनले विधेयक पारित गरेपछि अघिल्लो राष्ट्रपतिले रोकेको भएपछि अहिलेको राष्ट्रपतिले त्यस्तो नगर्ने उनले दाबी गरे। अहिलेका राष्ट्रपति रोक्ने होइन फुकाउने राष्ट्रपति भएको उल्लेख गरे।

‘यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन फुकाउने राष्ट्रपति आउनुभएको छ। फुक्ने छ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने

उपेन्द्र यादव देश र मधेशको आन्दोलनको नेता हुनुको नाताले संविधान र देशको रक्षा तथा  जनताको अधिकारका लागि आन्दोलनलाई थप अघि बढाउन संसद्मा अनिवार्य व्यक्तित्व भएको प्रचण्डको भनाई थियो। 

उपेन्द्रलाई जिताउन भन्दै प्रचण्डले बाराको निजगढ विमानस्थल बनाइदिने, विद्युतीय सिचाईको व्यवस्थापन गरिदिने, गढिमाईलाई पर्यटकिय क्षेत्र बनाउन विकास कोषको स्थापना गर्ने, कोभिडले बन्द भएको भन्सार खोल्ने लगायतका सपना बाँडेका छन्।

‘शेरबहादुर जी प्रधानमन्त्री हुँदा निजगढ विमानस्थल बन्छ बन्दैन भनेर अनुगमन गर्न आएका थियौं। अब छिट्टै शिलन्यासको लेवलमा पुराइनेछ र निर्माण प्रकिृया अघि बढाइनेछ। यो विश्वास दिलाउँछौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गढीमाईलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकिय ठाउँको विकास गन गढिमाइ विकास कोष बनाउन हामी अघि बढ्नेछ। भन्सार खुल्ला गर्ने बारे आवाज उठ्यो भन्सार खोल्ने पहल सुरु गर्नेछु। कृषी मल बिउ, सिंचाईको समस्या समाधन गर्नेछु। अब विद्युतिय सिचाईं प्रणाली अब अघि बढ्छ। यसमार्फत सिचाईं समस्या हुन्छ ।यसले विकासको नयाँ लहर सृष्टी हुनेछ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको भागमा पारेको उपराष्ट्रपति पद जसपालाई दिएर रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्रलाई बारामा चुनाव लड्न आफूले पठाएको दाबी गरे। 

‘उपेन्द्र यादव जस्तो राष्ट्रिय नेता बारामा जिल्लाको क्षेत्र नम्बर २ मा आउने वातावरण बनाउन पाएको गर्व महसुस भएको छ। तपाईंहरु भाग्यमानी हुनुहुन्छ उपेन्द्र यादव मात्रै जित्ने छैन पाँच दलिय गठबनधन संविधान र राष्ट्रिइ एकता मधेश र पहाडको एकताले जितेर राष्ट्रिय बलियो बन्नेछ,’ प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .