प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट तनहुँको उपनिर्वाचनमा प्रतिस्पर्धा गरिरहेका डा. गोविन्द भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका छन्।
बुधबार डा. भट्टराईका लागि भोट माग्दै तनहुँको डुम्रे बजारमा आयोजित चुनावी सभाका क्रममा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन्।
उनले आफूले सोही मञ्चबाट रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने भनेकोमा त्यो भन्दा पनि ठूलो राष्ट्रपति बनेको स्मरण गराए।
‘मैले यही मन्चबाट रामचन्द्रलाई प्रधानमन्त्री बन्नुहुन्छ भनेको थिएँ,मेरो बोली पुग्यो। उहाँ त्यो भन्दा ठूलो देशको राष्ट्रपति हुनुभयो’ उनले भने, ‘गोविन्दलाई जिताएर पठाउनुहोस्, प्रधानमन्त्री म छु, म देउवाअजीसँग छु, यो ठाउँ लक्की छ, मन्त्री म बनाउँछु।’
57
Shares
प्रतिक्रिया