राजनीति


राष्ट्रपति पौडेलको गृहजिल्लामा प्रचण्डले भने : देउवाजीसँग मेरो गहिरो लभ परेको छ

राष्ट्रपति पौडेलको गृहजिल्लामा प्रचण्डले भने : देउवाजीसँग मेरो गहिरो लभ परेको छ

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
बैशाख ६, २०८० बुधबार १७:४०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गहिरो लभ परेकाले पुस १० मा बनेको सात दलीय समीकरण छाडेर पुरानै गठबन्धनमा फर्किएको बताएका छन्।

तनहुँको डुम्रेमा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'म यस पटक केही असहज तरिकाले म प्रधानमन्त्री भएँ। म प्रधानमन्त्री भएकोमा मलाई पनि चयन भएन। मलाई धपाएकोमा देउवाजीलाई पनि चयन भएन', उनले भने, 'देउवाजी र मबीच गहिरो लभ परेको छ। त्यहीकारण पुरानै गठबन्धनमा जान हामी उपाय खोज्दैथियौँ। स्वभाविक गठबन्धन यही नै हो यतै फर्किनुको विकल्प पनि थिए। त्यहीकारण आज हामी सँगै छौँ।'

उनले आफूले धेरै मिहिनेत गरेर केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन छाडेको पनि बताए। 'धेरै मिहिनेत गरेर आज यो ठाउँमा छौँ', उनले भने, 'यसमा हाम्रा पार्टी र नेताहरुको भूमिका गहिरो छ। अब हामी राष्ट्रपतिदेखि प्रदेश सरकारसमेत सबै लिँदैछौँ। त्यसैले यहाँका मतदाताले पनि त्यहीअनुसार मूल्याङ्कन गरिदिनु होला।' 

मंसिर ४ मा विजयी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपति बनेसँगै तनहुँ १ खाली भएको थियो।

खाली भएको तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उक्त उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न नेताहरु बुधबार डुम्रे पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad