ad ad

राजनीति


कित्ताकाट खुलाउने निर्णय गलत, कृषिभूमि सकिन्छ, दलालीकरण फस्टाउँछ : सांसद सुब्बा

कित्ताकाट खुलाउने निर्णय गलत, कृषिभूमि सकिन्छ, दलालीकरण फस्टाउँछ : सांसद सुब्बा

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:५८, काठमाडौँ

प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान अवस्थाविपरीत भएको बताएकी छन्। 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुब्बाले मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको बताइन्। 

उनले पुरानौ अवस्थाबाट जग्गाको कित्ताकाट गर्नु वर्तमान परिवेशविपरीत भएको बताइन्। 

यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने उनको तर्क छ। उनले जमिनको दलालीकरण बढाउने पनि उल्लेख गरिन्। 

‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेशविपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ', उनले भनिन्, 'प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ। जमिन दलालीकरण बढाउँछ। त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्। 

त्यसैगरी, आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गरे।

निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था पनि कानूनमा उल्लेख गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .