राजनीति


धरानका वडाध्यक्षहरुले राजीनामा दिऊन्, उपनिर्वाचन गरौँला : मेयर हर्क साम्पाङ

धरानका वडाध्यक्षहरुले राजीनामा दिऊन्, उपनिर्वाचन गरौँला : मेयर हर्क साम्पाङ

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:१०, काठमाडौँ

अघिल्लो वर्ष वैशाखमा धरान उपमहानगरपालिकाको मेयर बनेदेखि हर्क साम्पाङ र त्यहाँका वडाध्यक्षबीचको मनमुटाव अझै रोकिएको छैन।

स्वतन्त्रबाट मेयरमा विजयी उनले वडाध्यक्षहरुसँगको विवादका कारण कार्यपालिका बैठक राख्न सकेका छैनन्।

हरेक पटक उनले बोलाउने कार्यपालिका बैठक विवादका कारण स्थगित हुने गरेको छ। यसका कारण धरानलाई केन्द्रले पठाएको बजेट कार्यान्वयनमा पनि चुनौती आएको छ। 

यस्तोमा उनले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन्। मेयर मात्रै स्वतन्त्र विजयी भएको धरानमा उपमेयरदेखि वडाध्यक्षसम्म सबैजना कांग्रेस र एमालेसहितका दलका छन्। 

यहीकारण उनले उपमहानगरको बैठकमा नआउने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने बताएका छन्। वडाध्यक्षहरुले मंगलबार पनि विवाद गरेपछि उनले अब नागरिकहरुले राजीनामा माग्नुपर्ने जिकिर गरेका छन्। 

'धराने जनता हो... तपाईंहरुको विकास रोकिने भयो! अब बैठकमा नआउने वडाध्यक्षहरु सबैलाई राजीनामा दिन लगाउनु', उनले भनेका छन्, 'म प्रक्रिया मिलाउन सघाउँछु। अनि उपनिर्वाचन गरेर रिक्त वडाध्यक्षहरुको पदपूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ।'

उनले वडाध्यक्षहरुकै कारण पछि पर्ने अवस्था आएको पनि बताएका छन्। 'अब जनताले सोच्ने बेला आइसक्यो, नगरको विकास भएन भनेर मलाई होइन वडालाई भन्नु होला', उनले अगाडि भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad