सन् २०२० मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा फक्सन न्यूजले प्रसारण गरेको झूटो समाचारविरुद्ध चलिरहेको मानहानीको मुद्दा सुल्झिएको छ।
फक्स न्यूजले भोटिङ मेसिन कम्पनी डोमिनियनलाई ७८ अर्ब ७५ करोड रुपैयाँ तिरेको छ। मंगलबार दुई पक्षबीच सहमति भएको हो।
फक्स न्यूजले राष्ट्रपति निर्वाचनमा भोटिङ मेसिन डोमिनियनले मतदान प्रणालीमा धाँधली गरेको समाचार छापेको थियो। उक्त समाचार छापिएपछि भोटिङ मेसिन डोमिनियनले उक्त मिडियाविरुद्ध अदालतमा मानहानीको मुद्दा हालेको थियो।
कम्पनीले उक्त समाचारमा मतदानमा ट्रम्पविरुद्ध धाँधली भएको गलत समाचार छापिएको र त्यसले आफ्नो व्यापारमा ठूलो क्षति भएको तर्क गरेको थियो। उक्त मुद्दामा अदालतले फक्स न्यूजका अध्यक्ष रूपर्ट माडोकलाई अदालतमा हाजिर हुन आदेश दिएको थियो।
तर फक्स न्यूजले जरिवाना तिरेपछि अब माडोक अदालतमा उपस्थित हुननपर्ने भएको छ।
यो मुद्दा अमेरिकामा हालसम्मकै ठूलो मानहानीको मुद्दा भएको बताइएको छ।
Shares

प्रतिक्रिया