ad ad

राजनीति


गठबन्धनका उमेदवारको जित लोकतन्त्रवादीको जित– सिंह

गठबन्धनका उमेदवारको जित लोकतन्त्रवादीको जित– सिंह

नेपालखबर
बैशाख ६, २०८० बुधबार ११:५१, चितवन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यही वैशाख १० मा हुने उपनिर्वाचन चुनाव मात्रै नभएर प्राप्त उपलब्धि रक्षा गर्ने कि नगर्ने सवाल रहेको बताएका छन्। 

चितवनमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उमेदवारको जित लोकतन्त्रवादीको जित हुने बताए।

जनताले आवेगमा होइन, विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको भन्दै उनले सधैँ सुखदुःखमा उभिने र सबैका घर–आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्नु नै राजनीतिप्रतिको सम्मान भएको जिकिर गरे। 

नेता सि‌ंहले गठबन्धनका साझा उमेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार रहेको दाबी गर्दै चितवनको विकास र समृद्धिका लागि श्रेष्ठलाई जिताउन अपिलसमेत गरे। 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्नेलाई नभएर चितवनका जनतामाझ परिचित उम्मेदवारलाई जिताउन आग्रह गरे।

उम्मेदवार श्रेष्ठले कार्यक्रममा आफू जनताको सुखदुःखमा सधैँ साथ रहने भन्दै भ्रष्टाचारविरुद्ध लड्ने  प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .