राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद निशा डाँगीको स्वकीय सचिवमा सुस्मिता क्षेत्री नियुक्त भएकी छिन्। सांसद डाँगीले स्वकीय सचिव पदका लागि गत चैत १६ गते आवेदन खुलाएकी थिइन्।
जसमा १ सय १६ जनाको आवेदन प्राप्त भएको थियो। त्यसमध्येबाट ३५ जनालाई प्रारम्भिक चरणमा छनौट गरिएको थियो।
प्रारम्भिक चरणमा छनौट भएका मध्ये १९ जनाले लिखित परीक्षा र अन्तरवार्तामा सहभागिता जनाएको डाँगीले जानकारी दिइन्।
उनका अनुसार अन्य २ जना वैकल्पिकमा छनौट भएका छन्। मोरङकी अपेक्षा सुवेदी र कास्कीकी कविता आचार्यको नाम वैकल्पिकमा निस्किएको हो।
सूचना प्रविधि सम्बन्धी आधारभूत ज्ञान तथा सीप भएको नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको व्यक्ति हुनुपर्ने बताउँदै महिलालाई विशेष ग्राह्यता दिइने उनले आवेदन दिँदा जानकारी गराएकी थिइन्।
Shares
प्रतिक्रिया