राजनीति


प्रधानमन्त्रीलाई एमालेको कटाक्ष : सरकार विस्तार गर्न अझै कति वर्ष लाग्ने हो?

प्रधानमन्त्रीलाई एमालेको कटाक्ष : सरकार विस्तार गर्न अझै कति वर्ष लाग्ने हो?

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:५१, काठमाडौँ

नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्। 

सरकार बनेको ६ महिना हुन लाग्दा पनि पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो। 

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ? भनेर सत्तारुढ गठबन्धनलाई कटाक्ष गरे। 

उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजना संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उनको माग थियो। 

‘वर्तमान सरकार धेरै अलमलिइरहेको देखिराखेका छौँ। यो सरकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगले झण्डै आधा वर्षसम्म भइसक्दा पूर्णता नपाउने, मन्त्रालय खाली हुने, जनताले सेवा नपाउने, मर्कामा पर्ने, विकास अलपत्र हुने अवस्था छ', उनले भने, 'मेरो एउटा प्रश्न छ हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौँ, यो गर्छौँ, त्यो गर्छौं। प्रधानमन्त्री र गठबन्धनका नेताहरुले सरकारलाई कति वर्ष लगाएर पूर्णता दिनु हुन्छ?'

उनले सरकारले पूर्णता नपाउँदा विकासको काम पनि हुन नसकेको बताए।

'सरकार विस्तार र विकासको काम गर्न कति दशक लाग्छ कि वर्ष लाग्छ कि वा शताब्दी लाग्छ? उत्तर चाहियो', उनले भने, 'यो संसद सरकार बनाउन प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन। संसद सरकारको जवाफदेहिता लिने ठाउँ हो। सरकारले आफ्ना कार्ययोजना यहाँ प्रष्ट सार्वजनिक गर्नु पर्छ। जे मन लाग्यो त्यही गर्ने। देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन।’

सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि पटकपटक दोहोर्‍याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad