राजनीति


सरकारलाई सांसद डाँगीको प्रश्न–वायु प्रदूषण रोक्न के–के योजना बनेका छन्?

सरकारलाई सांसद डाँगीको प्रश्न–वायु प्रदूषण रोक्न के–के योजना बनेका छन्?

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डांगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालिन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी हुन्।

‘नयाँ वर्षको आगमनसँगै एउटा नयाँ चिन्ता आगमन भएको छ। काठमाडौं संसारकै प्रदूषित सहरको पहिलो सूचिमा परेको छ,’ उनले भनिन्, ‘काठमाडौंका एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाईल्याण्डको चियाङमाई सहर रहेको छ। यसरी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पर्ने घटना पहिलो पटक भने होइन।’

काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उनले उल्लेख गरिन्। 

त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो। 

‘केही वर्षयता यो क्रम निरन्तर देखा परिरहेको छ। त्यसैले वायु प्रदूषण नियन्त्रण र रोकथामका लागि अल्पकालीन, मध्याकालीन र दीर्घकालीन योजना के के बनाइएका छन्?,’ सांसद डांगीले भनिन्, ‘तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिन सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।’

सांसद डांगीले काठमाडाैं प्रदूषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad