ad ad

राजनीति


जनता ‘नक्कली’को फेला परे, मुलुक पतनको दिशामा गयो: राप्रपा अध्यक्ष लिङ्देन

जनता ‘नक्कली’को फेला परे, मुलुक पतनको दिशामा गयो: राप्रपा अध्यक्ष लिङ्देन

नेपालखबर
बैशाख ४, २०८० सोमबार ८:१९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौं भनेर झुक्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गरेका छन्।

जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर संकटको डिलमा पुगेको उनले बताए।

राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आइतबार फिदिमस्थित जिससको शहीद मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने धारणा राखे।

उनले अहिलेको व्यवस्थाले जनताको अवस्थामा परिवर्तन नल्याउने पटकपटक पुष्टी भइसकेको बताए।

संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दू राष्ट्र पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थालाई 'नक्कली'को संज्ञा दिँदै यही व्यवस्थाबाट मुलुकको सुधार हुन्छ भन्नु हाँस्यास्पद रहेको धारणा राखे।

शिक्षा, स्वास्थ्य, न्यायालय, प्रशासन सबैमा भद्रगोलको स्थिति सिर्जना भएको र संस्थानहरू समेत बजारमा पैसा पठाउनुको सट्टा ब्याजमा लगाएर गफ हानेर बसेको टिप्पणीको उनको थियो।

सामान्य रुपमा देशको अवस्था ठिकठाक जस्तो, विकास र पूर्वाधार निर्माण भएको जस्तो देखिए पनि देश ठीक अवस्थामा अघि बढ्न नसकेको उनको धारणा थियो। देश ओरालो लाग्ने क्रम निरन्तर रहेको बताउँदै उनले देशले कुन समयमा घुँडा टेक्छ भन्ने टुङ्गो नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .