ad ad

राजनीति


बालकोटमा शीर्ष तीन नेताबीच छलफल हुँदै

बालकोटमा शीर्ष तीन नेताबीच छलफल हुँदै

नेपालखबर
बैशाख ४, २०८० सोमबार ७:१८, काठमाडौँ

सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्‌मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा सोमबार छलफल हुँदै छ।

प्रधानमन्त्री एवं नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो।

बिहान ९ बजे ओलीनिवास बालकोटमा विधेयक अघि बढाउने समझदारीका लागि छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

३ दिनयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेको थियो।

संक्रमणकालीन न्यायनिरुपणसम्बन्धी कानुनलाई अन्तिम रुप दिने तयारीका लागि आइतबार बोलाइएको बैठकमा अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले बालकोट जान अस्वीकार गरेपछि बैठक स्थगित भएको थियो।

दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .