ad ad

राजनीति


रास्वपामा कोही कार्यकर्ता छैनन् : रवि लामिछाने

रास्वपामा कोही कार्यकर्ता छैनन् : रवि लामिछाने

नेपालखबर
बैशाख ३, २०८० आइतबार १८:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा कोहीपनि कार्यकर्ता नरहेको दाबी गरेका छन्। तनहुँको दमौलीमा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीमा अब पनि कोही कार्यकर्ता नरहने बताएका हुन्। 

‘अहिलेपनि सामाजिक सञ्जालमा हाम्रा समर्थकहरुले गाली गरेको देखेर कटाक्ष हुने गरेको छ,’ सभापति लामिछानेले भने, ‘हाम्रा समर्थकले कसैलाई गाली गर्नुभएको रहेछ। त्यसको भार पनि हाम्रो टाउकोमा राखिएको छ।’

उनले आफ्नो पार्टी कार्यकर्ता रहित रहेको दाबी गरे। 

‘म क्षमा चाहन्छु। हाम्रा कार्यकर्ता छैनन र हुने छैनन्,’ लामिछानेले भने, ‘पछि लाग्ने जति छन् सँगसँगै हिँड्छ्न।’ 

रास्वपालाई माया गर्नेहरुले कसैलाई पनि गाली नगर्न सभापति लामिछानेले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .