ad ad

राजनीति


सेती खोँचमा तारबार गर्न सांसद विद्या भट्टराईको आग्रह

सेती खोँचमा तारबार गर्न सांसद विद्या भट्टराईको आग्रह

नेपालखबर
बैशाख ३, २०८० आइतबार १३:५९, काठमाडौँ

नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजो (शनिबार) पनि सेती नदीको खोँचमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद् घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेमी हुन्।

त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाई थियो। सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताइन्।

उनले भनिन्, ‘पोखराका भूगर्भविद्हरुले अध्ययन गर्दा सेती नदीले भोली जुनसुकै खालका दूर्घटना पुर्याउन सक्ने खतरा छ भन्ने ध्यानाकर्षण समेत सरकारलाई गराइएको छ। नागरिकहरुको जीवनलाई कहिलेसम्म क्षति पुर्याउने हो? त्यो क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारले योजना बनाएर भोलिका दिनमा यस्ता क्षतिहरु हुन नदिनका लागि त्यो जोखिम क्षेत्र वरपर तारबार लगाउने, विज्ञहरुले भने अनुसार सुख्खा पहिरो जान नदिनका लागि विशेष व्यवस्था गर्न सुझाव दिनु भएको छ। त्यो सुझावलाई ग्रहण गर्दै योजना बनाउने काममा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद भट्टराईले सरकारले विगतमा पनि आफूहरुले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .