कारोबार


यस्तो छ आर्थिक संकट समाधान गर्ने चन्द्र ढकालको सूत्र

यस्तो छ आर्थिक संकट समाधान गर्ने चन्द्र ढकालको सूत्र

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १४:२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र दातृनियकासँग समन्वय गरी अहिलेको आर्थिक संकट समाधानका उपाय खोज्न सकिने बताएका छन्। 

आइतवार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदमा बहाली हुने क्रममा ढकालले यस्तो बताएका हुन्। 

उनले मुलुकभित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्नुपर्ने पनि उनले औँल्याएका छन्। पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै यसलाई सकारात्मक बनाउन पहल पर्ने पनि बताए। 

‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ। अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु। उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन सकिँदैन तबसम्म व्यवसायिक गतिविधि बढ्न सक्दैनन्', उनले आर्थिक संकट टार्ने सूत्रबारे भने, 'त्यसैले सरोकारवाला पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ। सरकार र निजी क्षेत्रबीच साझेदारी भए मात्रै व्यवसायिक गतिविधि बढ्छन्। सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु।'

उनले नेपालमा प्रत्येक वर्ष ५ लाख जनशक्ति बाहिर गइरहेको उनले बताए। 'त्यो जनशक्ति मध्ये धेरै वैदेशिक रोजगारीको लागि जाने गरेको छ। नेपालमा धेरै जनशक्तिको खाँचो छ तर नेपालमा दक्ष जनशक्ति तयार हुन सकेको छैन', उनले भने, 'वैदेशिक रोजगारीमा जाँदा पनि अर्धजनशक्तिका रुपमा जाने गरेको छ। महासंघले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछ। निजी क्षेत्रलाई आमनागरिकले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नेछु।'

ढकालले पहिलो दिन उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिँदै एउटा गाउँबाट आएको सानो व्यवसायी पनि सफल हुन सक्ने सुनाए। 

'सानो व्यवसायी पनि उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनसक्ने रहेछ भन्ने लागेको छ। जसले इमान्दारीसाथ नागरिकको पक्षमा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसाय बनाउन सक्यो स्वभाविक रुपमा सानो व्यवसायीले पनि महासंघको नेतृत्व लिनसक्छ भन्ने म आफैँ उदाहरण छु', उनले भने, 'कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने लागको छ। तर म सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्नेछु।’

त्यस्तै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाले महासंघमा आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने विश्वास रहेको बताए। उनले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .