ad ad

राजनीति


नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी

सोमनाथ गिरी


नेपालखबर
बैशाख १, २०८० शुक्रबार ११:३, काठमाडौँ

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी भएका छन्। उनी गोकर्णबहादुर बानियाँलाई ७ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन्।

कूल खसेको ६०७ मतमा विजयी गिरीले ३०५ र बानियाँले २९८ मत प्राप्त गरेको सहायक मतदान अधिकृत नवीन धामीले जानकारी दिए। गिरी कांग्रेसको संस्थापन इतर र बानियाँ संस्थापननिकट मानिन्छन्।

उनीहरु प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। वरिष्ठ उपाध्यक्षमा गिरी प्यानलबाट इलमबहादुर शाही विजयी भएका छन्। उनी बानियाँ प्यानलका बिर्खबहादुर मल्ललाई हराउँदै वरिष्ठ उपाध्यक्ष्यमा विजयी भएका हुन्। शाहीले ३३३ र मल्लले २६६ मत पाएका छन्।

सहायक मतदान अधिकृत धामीका अनुसार शिक्षक संघको महासचिवमा ज्ञानेन्द्रबहादुर रावल निर्वाचित भएका छन्।

उनी ३०२ मतसहित महासचिवमा निर्वाचित हुँदा प्रतिस्पर्धी मेघनाथ यादवले २८८ मत प्राप्त गरेका छन्। महासचिवमा विजयी रावल बानियाँ प्यानलबाट उम्मेदवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .