ad ad

राजनीति


बालेनको अराजकता र केन्द्र सरकारको धम्की दुवै गलत : शेखर कोइराला

बालेनको अराजकता र केन्द्र सरकारको धम्की दुवै गलत : शेखर कोइराला

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १३:१३, काठमाडौँ

नेपाली  कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरबार लगायताका केही सरकारी निकायको फोहोर नउठाएर काठमाडौं महानगरपालिकाले अराजकता देखाएको बताएका छन्। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र केन्द्र सरकारबीच जुहारी चलिरहेका बेला नेता कोइरालाको यो भनाइ आएको हो। 

'काठमाडौं महानगरपालिकाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो', उनले भनेका छन्, 'जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नै पर्छ।'

उनले बालेनले उठाएका १४ बुँदे मागतर्फ इंगित गर्दै केन्द्र सरकारले स्थानीय सरकारलाई धम्कीको भाषा प्रयोग गर्न नहुने पनि बताएका छन्। 

'अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्व हो', उनले भनेका छन्, 'दुवै सच्चिनु पर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .