राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इमानको राजनीतिमा सम्झौता नगर्ने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले गलत काम गर्ने कसैलाई छूट नदिने बताउँदै सांसद ढाकाकुमार श्रेष्ठलाई कारवाही गरी ऐतिहासिक निर्णय गरेको बताएका हुन्।
उनले राजनीतिक यात्रा सुरु गरेपछि हरेक किसिमका मानिस पार्टीमा जोडिनु सामान्य भएको तर गलत कुराको विरोध गर्ने उनले बताए।
उनले भने, 'सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ।'
यसैगरी उनले रास्वपा कुनै दलको दुश्मन नभएकाले सबै दल एकजुट हुनुपर्ने बताए। गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्ले जिल्लाबासीले गर्न गर्न लायक सांसद बन्ने बताउँदै तनहुँका जनताले मूल्यांकन गर्न आग्रह गरे।
Shares
प्रतिक्रिया