राजनीति


युवासंघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत

युवासंघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १२:१५, काठमाडौँ

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। 

ताप्लेजुङको सिनामका उनलाई एमाले नेतृत्वकोसमेत पहलमा सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो। 

यसअघि अध्यक्ष पदका लागि थेबे र सन्तोष रावलबीच प्रतिष्पर्धा हुने तयारी थियो। दुवैले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए।

तर नेपालगञ्जमा जारी महाधिवेशनको अन्तिम समयमा थेबे नेतृत्वमा नयाँ कमिटिलाई सर्वसम्मत घोषणा गरिएको हो।

संघको महासचिवमा सुमन पुरी चयन भएका छन्। उता उपाध्यक्षहरुमा पुष्प श्रेष्ठ, अमित लामा, महाराज गुरुङ, कृष्णहरि केसी, रमेश तिवारी,
प्रकाश गौतम र  सीता सुवेदी चयन भएका छन्। 

त्यसैगरी संघको उपमहासचिवमा राजन थापा र महेन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन्। 

निर्वाचन समितिले यसबारे केहीबेरमा औपचारिक घोषणा गर्दैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad