ad ad

कारोबार


जहाजै चार्टर गरेर एकैपटक ७ सय बढी चिनियाँ पर्यटक नेपाल आउँदै, १ हप्ता नेपाल घुम्ने

जहाजै चार्टर गरेर एकैपटक ७ सय बढी चिनियाँ पर्यटक नेपाल आउँदै, १ हप्ता नेपाल घुम्ने

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १२:२०, काठमाडौँ

एकै पटक ७०० बढी चिनियाँ पर्यटक नेपाल भित्रिने भएका छन्। कोभिडपछि रोकिएका चिनियाँ पर्यटक नेपालमा बढ्न थालेका हुन्। 

चीनले नेपाललाई घुम्न जाने लिस्टमा राखेको छ। जसअन्तर्गत बिहीबार हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर  १८१ नेपाल आएका छन्।

नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपाल आएका हुन्। कोभिड महामारीपछि चिनियाँ पर्यटकको आवागमन सबैभन्दा कम रहेकोमा अहिले आउन थालेका हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे।  

‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो’, पर्यटनमन्त्रीले उल्लेख गरेका छन्, ‘भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ, यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ।’

चिनियाँ पर्यटक ७ दिनको लागि नेपाल आएका हुन्। एनबीएम ट्राभल एजेन्सीका सुदर्शन नेपालले १८१ जना हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर नेपाल आएको बताए। 

उनीहरु काठमाडौं र पोखरामा घुम्ने छन्। पोखराबाट ट्रेकिङमा गई फर्किने नेपालले बताए। 

‘नेपाल सरकार र चिनियाँ सरकारबीच समन्वय गरी पर्यटक नेपाल आएका हुन्’, नेपालले भने, ‘नेपालमा ग्राउन्ड ह्यान्डलिङ (व्यवस्थापन)को जिम्मेवारी हाम्रो एजेन्सीको रहेको छ।’

मन्त्रालयका पर्यटन महाशाखा प्रमुख ज्ञान प्रसाद ढकालले ७ सय बढी चिनियाँ पर्यटक नेपाल आउनलागेको जानकारी दिए।

‘पहिला चीनले नेपाल घुम्नको लागि अनुमति दिएको थिएन’, सहसचिव ढकालले भने, ‘अब नेपाल पर्यटक पठाउने भनेको छ। अहिले ७ सय बढी आउने भएका छन्। अरु नियमित रुपमा आउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .