नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय परिचयपत्र लिएका छन्। उनले सोमबार परिचयपत्र लिएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।
२०६६/०६७ सालमा आफू प्रधानमन्त्री भएको बेलामा निर्णय भइ परिचयपत्रको काम सुरु भएको उनले तस्बिर सेयर गर्दै उल्लेख गरेका छन्।
‘२०६६/०६७ मा म प्रधानमन्त्री रहेको बेला निर्णय भई काम शुरू भएको यो कार्यक्रम ढीला कार्यान्वयन भएपनि यसको सफल कार्यान्वयन मार्फत नागरिकका सबै सूचनालाई डिजीटलाइज रूपमा एकिकृत गर्दै नागरिकले प्राप्त गर्ने सेवा सहज बनाउने उद्धेश्य पूरा गर्न सकोस् भन्ने कामना समेत गर्दछु,’ अध्यक्ष नेपालले भनेका छन्।
30
Shares
प्रतिक्रिया