ad ad

राजनीति


टीआरसी विधेयक संसदीय समितिमा नगई टुंगिदैन : ओली

टीआरसी विधेयक संसदीय समितिमा नगई टुंगिदैन : ओली

नेपालखबर
चैत २५, २०७९ शनिबार १९:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) समितिमा नगइकन नटुंगिने स्पष्ट पारेका छन्।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। 

उनले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको पनि बताए। अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको उनले बताए। 

‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशिल ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ,’ ओलीले भने, ‘समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ। दुई तीन दिनभित्र अर्को बैठक बस्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .