इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ।
अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यस्तो भनाइ आएको हो।
बीबीसीका अनुसार वक्तव्यमार्फत इरानले अब आफूले परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमा नमान्ने घोषणा गरेको हो।
तेहरानमा भएको मन्त्रिपरिषद् बैठकपछि यस्तो घोषणा गरिएको हो।
सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रम सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो।
तेहरानका अनुसार अब इरानले सम्झौताअनुसार युरेनियम भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्रा मान्ने छैन।
गत शुक्रबार अमेरिकाले हवाई आक्रमण गरी इरानका निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानीको हत्या गरेपछि अमेरिका र इरानबीच तनाव बढेको छ।
याे पनि :
५२ वटा इरानी क्षेत्रमा छिटै र कडा आक्रमण गर्ने निशाना तय गरिएको ट्रम्पको चेतावनी

प्रतिक्रिया