बाग्लुङमा निर्माणाधिन एसियाकै लामो दावी गरिएको झोलुंगे पुल निर्माण कार्य एक वर्ष अघि नै सकिने भएको छ।
बागलुङ बजारको बांगेचौरदेखि पर्वतको कुस्मा नगरपालिका–१ पाङ जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल ०७७ चैतमा सम्पन्न गर्ने लक्ष्य थियो।
तर, लक्ष्यभन्दा एक वर्ष अघि नै ०६६ फागुनमा पुल निर्माण पूरा हुन लागेको खबर आजको गोरखापत्र दैनिकमा पोखराबाट चन्द्रप्रकाश शर्माले लेखेका छन्।
सात करोड ९७ लाख लागतमा निर्माण भइरहेको पुलको ९२ प्रतिशत काम सकिएको छ।
यसअघि नेपालमा ३६० मिटरभन्दा माथिका झोलुंगे पुल निर्माण भएका थिएनन्।
पुल निकै लामो र प्रविधिसमेत नहुँदा लामो समयसम्म पुल निर्माण कार्य रोकिएको थियो।
सरकारले चीनबाट लठ्ठा लान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माण कार्य सहज भएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।
५६७ मिटर लामो पुल १६० मिटर अग्लो छ।

प्रतिक्रिया