ad ad

राजनीति


एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २५, २०७९ शनिबार १४:४७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन्। शनिबार राजधानीमा एक पत्रकार सम्मेलनमार्फत उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। 

उनी एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए। 

न्यौपानेले माघ २१ र २२ गतेको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखेकोमा अहिलेसम्म पनि छलफल नभएकोले भन्दै पार्टी सदस्य हुनुभनदा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका छन्। 

‘...म जस्तो विगत ५४ वर्षको राजनीतिक जीवनमा यात्रा गरेको कम्युनिष्ट कार्यकर्ता विधि, प्रक्रिया र सांगठनिक ढाँचा अनुरुप पार्टीको सदस्य भएर वस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुनु भन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिनदेखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टी जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।’ न्यौपानेले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .