राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन्।
सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले त्यस समय मौनधारण गरेर बिताए।
‘सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ। धन्यवाद,’ उनले भने।
प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ।
त्यही समयमा बोल्न उभिनु भएका सांसद ढकालले भने, ‘सम्माननीय सभामुख महोदय,...’ भनेर मौन बसे।
त्यसपछि, ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’, यति भनेर उनले आफ्नो भनाइ सके।
33
Shares
प्रतिक्रिया