ad ad

कारोबार


युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक, ईयूले नेपाललाई सहयोग बढाउने

अर्थमन्त्री डा. महतसँग युरोपियन युनियन राजदूतको भेट
युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक, ईयूले नेपाललाई सहयोग बढाउने

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेज। तस्बिर : अर्थमन्त्रीको सचिवालय


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १४:४८, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गरेकी छिन्।

अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको थियो। 

गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ।

युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताए।

युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा. महतले बताए । 

समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ ।

आईएमएफ र आईएफसीसँग अर्थ मन्त्री डा. महतको भेटवार्ता
यसअघि बिहीबार अर्थ मन्त्री डा. प्रकाश शरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको थियो। 

भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसंगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्तढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरेका थिए।

त्यसैगरी आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .