ad ad

राजनीति


पाँच दलको आग्रह : तीनै क्षेत्रको उपनिर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनू

पाँच दलको आग्रह : तीनै क्षेत्रको उपनिर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनू

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:३९, काठमाडौँ

पाँच राजनीतिक दलले वैशाख १० गतेको उपनिर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपंक्तिलाई परिचालन गर्न आह्वान गरेका छन्। 

उनीहरुले मंगलबार संयुक्त वक्तव्य जारी गरेर गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आ-आफ्नो तहबाट सम्पूर्ण पार्टीपंक्तिलाई परिचालन गर्न आह्वान गरेका हुन्। 

‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था-संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धन दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ। 

सत्ता गठबन्धनले उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएको छ। 

‘उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा, गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक छ,’ वक्तव्यमा भनिएको छ। 

वक्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .