राजनीति


सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन

सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन

नेपालखबर
चैत २१, २०७९ मंगलबार १४:४६, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन्।

नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न निर्देशन दिँदै भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्।’

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad