राजनीति


इरान–अमेरिकी तनावबारे चीन र रुसबीच छलफल

इरान–अमेरिकी तनावबारे चीन र रुसबीच छलफल

नेपालखबर
पुस २०, २०७६ आइतबार ११:५,

अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको छ।

अमेरिकी सेनाको विशेष खालको कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक मात्रामा चर्चा चलेको छ।

उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन्।

त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रुसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ। सो विषयमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको बताइएको छ।

उनीहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

चीन र रुसले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेको जनाइएको छ। यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उनीहरुले आपसमा कुराकानी गरेको पनि प्राप्त समाचारमा जनाइएको छ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो। यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ।

उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वोच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो। रासस/सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad