ad ad

राजनीति


निराला न्याय परिषद सदस्यमा अनुमोदन

निराला न्याय परिषद सदस्यमा अनुमोदन

नेपालखबर
पुस २०, २०७६ आइतबार ९:२३,

संघीय संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ।

आइतबार बसेको समिति बैठकले निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम सिफारिस गरेका थिए। समितिले १० दिनको म्याद दिएर उनी विरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेको थिएन। समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निरदा न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम अनुमोदन गर्ने निर्णय भएको बताए।

न्यायपरिषद सदस्यमा सिफारिस निरालाले समितिबाट अनुमोदन हुनुअघि समिति छलफलमा आफू निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाए। जीवनको उत्तराद्र्धमा कुनै दायाँ बायाँ गर्नुपर्ने आवश्यकता नरहेको भन्दै निरालले आफूमाथि गरिएको विश्वासलाई असर पर्न नदिने बताए।

सांसद भिमसेनदास प्रधानले न्यायप्रति जनताको विश्वास घट्दै गएकोमा कुनै पूर्वाग्रह र राजनीतिक भागवण्डा भन्दा टाढा रहेर निष्पक्ष ढंगले न्यायाधीश नियुक्तका लागि सुझाव दिए। सांसद देव गुरुङले शाहीकालमा पनि काम गरेको र अहिले फरक परिवेशमा पनि न्याय परिषदमा सिफारिस भएको अवस्थालाई कसरी लिनुहन्छ भनेर प्रश्न गरेका थिए।

सांसद राजेन्द्र श्रेष्ठले अन्य क्षेत्र जस्तै न्यायधशि सिफारिसमा समेत राजनीतिक भावगण्डा हुने गरेको भन्दै यसको रोकथामका लागि कस्तो भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गरेका थिए। निरालाले न्यायाधीश नियुक्तिमा हुने भागवण्डा रोक्ने प्रतिवद्धता जनाउँदै निष्ठापूर्वक काम गर्ने जवाफ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .