रास्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको हो।
रास्ट्रपति पौडेलको अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ।
राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सक डा. निरज बमका अनुसार अहिले अवस्था सामान्य छ।
पेटमा समस्या देखिएपछि उनलाई शनिबार दिउँसो ४ बजे अस्पताल पुर्याइएको थियो। ‘छाति र पेटमा समस्या देखिएको छ। निगरानीमा राखिएको छ,’ डा. बमले नेपालखबरसँग भने।
अहिले राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

471
Shares

प्रतिक्रिया