प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सबै किसिमको वातावरण भएको भन्दै नेपाललाई विश्वकै ‘स्पोर्टस् हब’ का रुपमा विकास गर्न सकिने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद–२०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नीतिगत रुपले पूर्वाधरको विकास गर्न सके नेपाल अन्तर्राष्ट्रिय स्तरमै खेलकुद हब बन्नसक्ने बताए।
सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले नेपालमा हिमालमा खेलिने खेलदेखि पहाड, तराई सम्मका खेलका लागि उपयुक्त वातावरण भएको भन्दै पूर्वाधार निमार्ण गरेमा नेपाल संसारकै निम्ति उत्कृष्ट खेलको हब हुनसक्ने बताएका हुन्।
‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु।खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरु सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु,’ उनले भने, ‘नेपालमा हिमालमा खेलिने खेलदेखि पहाड, तराई सम्मका खेलका लागि उपयुक्त वातावरण छ। नीतिगत सावले
पूर्वाधार निमार्ण गरेमा नेपाल संसारकै निम्ति उत्कृष्ट खेलको हब हुनसक्छ।’
यस्तै, प्रधानमन्त्री दाहालले संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको तोकेको तर त्यसअनुसार संघीय ऐनहरू बन्न नसकेको भन्दै छिटोभन्दा छिटो संघीय ऐनहरुलाई पूर्णता दिने समेत बताए।
उनले खेलकुद क्षेत्रमा फड्को मार्नका लागि प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्नेमा जोड दिए।
खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको अवस्थामा खेलक्षेत्रलाई धेरे भन्दा धेरै बजेट पु¥याउँदै सुधार गर्ने अवसर आफूलाई भएको प्रधानमन्त्री दाहालले बताए।
‘पूर्वाधार निर्माणसँग सम्बन्धित विषय संघको, प्रदेशको र स्थानीय तहलाई समूचित परिभाषित गरेर त्यो निर्माण प्रक्रिया अगाडि बढाउनु प¥यो भन्ने कुरा उठेको छ,’ उनले भने, ‘त्यो विषय आफैँमा धेरै गम्भीर छ। महत्वपूर्ण पनि छ । जसरी यहाँ कुरा पनि उठ्यो–आफ्नै प्रदेश भित्र वा आफ्नै महानगरपालिका वा नगरपालिका वा गाउँपालिकामा भौतिक पूर्वाधार
छ।’
प्रधानमन्त्री दाहालले कार्यक्रमबाट आएका सुझावलाई अध्ययन गर्दै नीति, कार्यक्रम र बजेटमा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक व्यवस्था गर्ने विश्वास दिलाए।
पछिल्लो समय नेपालले खेलकुद प्राप्त गरेको सफलताले खेलक्षेत्रमा फड्को मारेको भन्दै दाहालले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता समेत प्रधानमन्त्री प्रचण्डले जनाए।
Shares

प्रतिक्रिया