ad ad

राजनीति


भीम रावलसँग संवाद गर्न विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन

भीम रावलसँग संवाद गर्न विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन

नेपालखबर
चैत १८, २०७९ शनिबार १६:४, काठमाडौँ

नेकपा एमालेले पार्टीका पूव उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गठन गरेको छ। 

पार्टीका उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको टोली गठन भएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

केहीदिन अघि प्रेस चौतारी नेपाल कैलालीले अयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाएका थिए।

उनले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको पनि बताएका थिए।

नेता रावलले पनि मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोल्नुन शीर्ष नेताहरुकै गल्ती रहेको दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .