राजनीति


तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

रामप्रसाद न्याैपाने र सर्वेन्द्र खनाल।


नेपालखबर
चैत १८, २०७९ शनिबार १६:१२, काठमाडौँ

नेकपा एमालेले तनहुँ–१ र चितवन–२ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दुई निर्वाचन क्षेत्रको उम्मेदवार तय गरेको हो। 

पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार तनहुँ–१ बाट सर्वेन्द्र खनाल र चतवन–२ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ। 

‘तनहुँ–१ बाट सवेन्द्र खनाल र चतवन–२ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ,’ बैठकपछि गुरुङले भने। 

बारा–२ को उम्मेदवार भने तय भइनसकेको उनले बताए। ‘बारा–२ मा आज र भोलि थप छलफल गर्नुपर्ने आवश्यक्ता हामीले महसुस गरेका छौं। त्यहाँबाट प्राप्त भएको सिफारिसलाई आधार मान्दा पनि निर्णय गर्न थप छलफल गर्नुपर्ने आवश्यक्ता भएकाले भोलिका दिनसम्म निर्णय गर्ने अधिकार केन्द्रीय हेडक्वार्टरलाई दिएका छौं।’ उनले भने।

तनहुँ–१ मा सत्ता गठबन्धनको तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने भएका छन्। 

चितवन–२ मा कांग्रेसले जित नारायण श्रेष्ठ र रास्वपाले रवि लामिछानेलाई उम्मेदवार बनाउँदै छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .