राजनीति


गृहमन्त्री थापा ६ दिनका लागि चीन प्रस्थान

गृहमन्त्री थापा ६ दिनका लागि चीन प्रस्थान

नेपालखबर
पुस २०, २०७६ आइतबार ५:२६,

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार चीन प्रस्थान गरेका छन्।

चिनियाँ पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन्।

भ्रमण क्रममा उनले चीनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमण क्रममा दुई देशबीच आपसी हित र सहयोगका विषयमा छलफल हुनेछ। तर कुनै सन्धि सम्झौता नहुने मन्त्रालय स्रोतले जनाएको छ।

भ्रण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालगायत छन्।

मन्त्रीको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ।

गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad