राजनीति


तनहुँ १ मा कांग्रेसको जित निश्चित भइसक्यो : गोविन्द भट्टराई

तनहुँ १ मा कांग्रेसको जित निश्चित भइसक्यो : गोविन्द भट्टराई

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्। 

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले विगतमा झैँ यसपटक पनि कांग्रेस नै विजयी हुने बताए। भट्टराईले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताए।

नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने बताए। 

‘तनहुँ १ मा नेपाली काँग्रेसकै जित सुनिश्चित छ। यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो। अहिले पनि हामी गठबन्धनमा छौँ, विगतभन्दा बढी मतसहित जित्छौँ', उनले भने, 'गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ। जित्ने आधार धेरै छन्। अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु।' 

नेता भट्टराईले आफूले गरेका कामहरु नै आफ्नो जितका आधार भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .